हाम्रा उद्देश्यहरू

राष्ट्रिय तथा स्थानीय तहका सबै कामहरू यी उद्देश्यले निर्देशित गर्छन्।

उद्देश्यहरू

लक्ष्य

ज्येष्ठ नागरिकको आर्थिक, भौतिक, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गरी उनीहरूको सर्वोत्तम हितको संरक्षण गर्नु राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको लक्ष्य रहेको छ ।

उद्देश्यहरू

  1. ज्येष्ठ नागरिकको लागि आवश्यक राहत र पुनःस्थापनाको कामको सहजीकरण गर्नु ।
  2. देशभरी ज्येष्ठ नागरिकको हितको लागि संचालित सामाजिक संघसंस्थाबीचको सहयोग र सहकार्यलाई सुदृढीकरण गरी संगठित बनाई महासंघको छाता भित्र वद्ध गराउनु एवं समन्वय गर्नु ।
  3. सरकारसँग ज्येष्ठ नागरिकको लागि उपयुक्त नीति, ऐन नियमको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनको लागि वकालत गर्नु ।
  4. ज्येष्ठ नागरिकको वहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाजको हितको लागि परिचालन गर्नु ।
  5. आम सचेतिकरण, संवाद र सहकार्य मार्फत अन्तरपुस्ताबीचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नु ।
  6. ज्येष्ठ नागरिकका विविध विषयमा अध्ययन अनुसन्धान गरी त्यसका नतिजा सम्बन्धित व्यक्ति तथा निकायहरू समक्ष ल्याउनु ।
  7. ज्येष्ठ नागरिकको चाहना र आवश्यकतालाई संरक्षण सम्बर्द्धन गर्न आवश्यक काम गर्नु ।